Logo

त्रिशुलीको बाढीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार

त्रिशुलीको बाढीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार



काठमाडौं । त्रिशुली नदी बीचमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बिदुर नगरपालिका– १ त्रिशुली, बसपार्क नजिकै त्रिशुली नदीको बीचमा फसेका एक पुरुष र एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । उक्त स्थानमा दुई वटा हेलिकोप्टर परिचालन भएका थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदुर नपा –१ लभडाँडा मिलन चौतारा बस्ने ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङको सकुशल उद्धार भएको हो । उनीहरु एकाबिहानै नदीमा दाउरा संकलन गर्न पुगेका थिए ।

तर, अचानक बाढीले नदीको सतह बढेपछि उनीहरु फकेका हुन् । बीचमा परेपछि केहि समय रुख चढेर बसेका थिए । चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आएको हो । बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्