Logo

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुतलगायतका कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुतलगायतका कार्यसूची



काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपराह्न १:१५ बजे बस्दैछ ।

आजको बैठकमा सांसद जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुऱ्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्