काठमाडौं । नेपाली बजारमा शुत्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्यमा भने उच्च वृद्धि देखिएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला २ हजार १ सय ५० रुपैयाँ कायम भएको हो ।