Logo

लेउती खोलाले बगायो सडक, कोशी राजमार्ग अवरुद्ध

लेउती खोलाले बगायो सडक, कोशी राजमार्ग अवरुद्ध



मोरङ । लगातारको वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको केही सडक खण्डमा क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको छ ।

आज (शनिबार) बिहान करिब साढे ५ बजे लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा सडक बगाएपछि यातायात अवरुद्ध भएको हो ।

वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक कटान भएको छ । सडक कटान भएसँगै लोकमार्गका दुई स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार फेदी नजिकैको लेउती खोलामा अचानक आएको बाढीले करिब एक सय मिटर सडक कटान गरेपछि दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । सोही सडकको नमस्ते झरनाको छेउमा माथिबाट खसेको पहिरोले पनि पूर्ण रूपमा सडक अवरुद्ध भएको छ । सडक खुलाउन प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । अहिले अवरोध हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्