काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्री पौडेलले खेलकुद तथा युवा मन्त्रालयका लागि आगामी आर्थिक वर्ष ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
अर्थमन्त्री पौडेलले मुलपानी क्रिकेट मैदान, टियु क्रिकेट मैदान, विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियम, चितवनको गौतमबुद्ध क्रिकेट स्टेडियमका लागि बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।