Logo

शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालयहरु गाभ्नका लागि प्रोत्साहन

शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालयहरु गाभ्नका लागि प्रोत्साहन



काठमाडौं । सरकारले शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् शिक्षा क्षेत्रको लागि खर्च गर्नेगरी सो रकम विनियोजन गरेको हो ।

सरकारले विद्यालयहरु गाभ्नका लागि प्रोत्साहन गर्ने कार्यक्रम पनि बजेटमा घोषणा गरेको छ । १० अर्ब १९ करोड विद्यार्थी खाजाका लागि विनियोजन गरिएको समेत उनले बताए । साथै अन्य मुसहर, दलित विद्यार्थी लगायत विभिन्न शिर्षकमा सञ्चालनमा रहेका छात्रवृत्ति पनि यथावत रहने बताए ।

प्रतिक्रिया दिनुहोस्