काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। गभर्नर पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ ग्रहण गरेका हुन्।
शपथ सकेर उनी अर्थ मन्त्रालय जाने कार्यक्रम छ । त्यसपश्चात उनी उनी राष्ट्र बैंकमा पुगेर गभर्नरको कार्यभार सम्हाल्ने बताइएको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो ।