Logo

सुनको मूल्यमा एकैदिन ५ हजारको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा एकैदिन ५ हजारको वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन ५ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढ्दै १९ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो । आज विश्वबजारमा सुन प्रतिऔंस ३ हजार ३ सय ४ डलरमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्