Logo

कास्कीमा भूकम्पको धक्का, आसपासका जिल्लामा समेत महसुस

कास्कीमा भूकम्पको धक्का, आसपासका जिल्लामा समेत महसुस



काठमाडौं । कास्कीमा भूकम्पको धक्का गएको छ । अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

४.७ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यद्यपि, यसबारे थप विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्