काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ ।
महासंघका अनुसार सोमबार प्रतितोला १९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज भने १९ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।