Logo

पुनः उकालो लाग्यो सुनको मूल्य, चाँदी ३ दिनदेखि स्थिर

पुनः उकालो लाग्यो सुनको मूल्य, चाँदी ३ दिनदेखि स्थिर



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आईतबारको तुलनामा ६ सय रुपैयाँले बढ्दै १ लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै चाँदी भने नेपाली बजारमा पछिल्ला ३ दिनदेखि स्थिर मूल्यमा कारोबार भईरहेको छ । पछिल्ला ३ दिन नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्