काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको ४ घण्टामै रिहा भएका छन् । सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनी डिल्लीबजार कारागार साढे ५ बजे रिहा भएका हुन् ।
प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्याइएका उनि रिहा भएका हुन् ।
सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर सर्वाेच्चले छाड्न निर्देशन दिएको थियो ।