Logo

अवरुद्ध नारायणगढ-बुटवल सडक खुल्यो, दुईतर्फी सञ्चालनमा

अवरुद्ध नारायणगढ-बुटवल सडक खुल्यो, दुईतर्फी सञ्चालनमा



काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने क्षेत्रमा मंगलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो ।सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए ।

हाल दाउन्ने खण्डमा राति ११:०० देखि बिहान ५:०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्