Logo

नेपाल भित्रियो यस वर्षको मनसुन, शुरु भयो बर्खायाम

नेपाल भित्रियो यस वर्षको मनसुन, शुरु भयो बर्खायाम



काठमाडौं । पूर्वी नेपालबाट यस वर्षको मनसुनी वायु भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (सोमबार) मनसुनी वायु नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको हो । नेपालमा सरदरमा १३ जूनमा मनसुन शुरू हुन्छ । यस वर्ष भने १० जून अर्थात् सरदरभन्दा तीन दिनअघि नै मनसुनी वायु प्रवेश गरेको विभागले जनाएको छ ।

laxmi

यद्यपि यो देशभरि फैलिन समय लाग्छ । मनसुनी वायु पूर्वी क्षेत्रबाट छिरेर क्रमशः पश्चिमतिर विस्तार हुँदै जान्छ । विभागले नेपालका अन्य भूभागमा केही दिनमा मनसुन क्रमिक रूपमा अघि बढ्ने बताएको छ । विभागले यस वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेको आंकलन गरेको छ । यस वर्ष देशका अधिकांश भू–भागमा सरदर भन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।

नेपालमा कूल वार्षिक वर्षाको ८० प्रतिशत पानी मनसुनको अवधिमा पर्छ । करीब तीन महिना कायम रहने मनसुन अवधि कृषि प्रणालीको प्राण सरह हो । देशको प्रमुख बाली धान खेती मनसुनी वर्षामा आधारित हुँदा यो किसानको जीविकोपार्जनको महत्वपूर्ण टेको पनि हो ।

प्रतिक्रिया दिनुहोस्
MBL