Logo

नेपाल वायुसेवा निगमका कर्मचारीलाई एभिएसन सेक्युरिटीसम्बन्धी तालिम

नेपाल वायुसेवा निगमका कर्मचारीलाई एभिएसन सेक्युरिटीसम्बन्धी तालिम



काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी तहका कर्मचारीहरुको लागि एभिएसन सेक्युरिटी सम्बन्धी तालिम दिइएको छ । सो सम्बन्धी दुई दिने तालिम वैशाख १९ र २० मा सम्पन्न भएको हो । उक्त तालिममा निगमका कार्यकारी अध्यक्ष सहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

laxmi

तालिमको प्रशिक्षकमा आईसीएओ सर्टिफाइड प्रशिक्षक भरतराज ढकाल रहेका थिए । उक्त तालिम कार्य प्रकृतिको आधारमा निगमका अन्य तहका कर्मचारीहरुलाई समेत दिइँदै आएको छ । निगमले सञ्चालन गरेको उक्त दुई दिने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको निगमले जनाएको छ ।

उक्त कार्यक्रममा निगमको कर्पोरेट ब्रिफिङ समेत भएको र सो अवसरमा बोल्दै मन्त्री तामाङले निगमले राखेका चुनौती र समस्याहरुलाई आफुले गम्भीरतापूर्वक लिएको बताए । उनले निगमले अगाडि बढाएका हरेक सकारात्मक कार्यमा आफ्नो साथ र सहयोग रहनेमा जोड दिए ।

उक्त अवसरमा निगमले गरेका कार्यहरु र भावी योजनाबारे प्रकाश पार्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रस्तुत कार्यहरु सफल पार्न तालुक मन्त्रालय तथा नेपाल सरकारको साथ सहयोग र अभिभावकत्व आवश्यकता पर्ने भएकोले निगमले सोही अनुरुपको सहयोगको अपेक्षा गरेको र त्यस किसिमको समन्वय तथा सहयोग सधैं प्राप्त हुने विश्वास व्यक्त गरे । तालिममा सहभागीहरुलाई मन्त्री तामाङबाट प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL