Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य ओरालो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य ओरालो



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा रहेको सुनको मूल्य आज पनि मंगलबारकै मूल्य अर्थात प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य भने केहि ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL