Logo

आठ महिनामा वाणिज्य बैंकको नाफा ४२ अर्ब ३० करोडमाथि, सबैभन्दा धेरै नबिलले कमायो

आठ महिनामा वाणिज्य बैंकको नाफा ४२ अर्ब ३० करोडमाथि, सबैभन्दा धेरै नबिलले कमायो



काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अर्थात आठ महिनासम्म आउँदा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ४२ अर्ब ३० रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । यस अवधिमा आउँदा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले यो अवधिमा ४ अर्ब रुपैयाँभन्दा माथि नाफा कमाएको हो ।

laxmi

यसैगरी, फागुन मसान्तसम्म आउँदा सबैभन्दा धेरै नाफा कमाउने दोश्रो बैंक ग्लोबल आईएमई बैंक रहेको छ । यस बैंकले चालु आर्थिक ८ महिनासम्म आउँदा ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको देखिन्छ । प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड रुपैयाँ नाफा आर्जन गरि तेश्रो धेरै नाफा कमाउने बैंक बनेको छ ।

राष्ट्रिय बाणिज्य बैंक आठ महिनामा २ अर्व ८७ करोड कमाएर चौथो स्थानमा रहको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ अर्व ८० करोड कमाएको छ भने एनआईसी एशिया बैंकले २ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । प्रभु बैंकले एक अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ भने कृषि विकास बैंकले १ अर्व ९७ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

एभरेष्ट बैंकले २ अर्ब २९ करोड रुपैयाँ कमाउँदा एनएमबि बैंकले एक अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको छ । हिमालयन बैंकले एक अर्ब ९४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कुमारी बैंकले एक अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने नेपाल बैंकले एक अर्ब २८ करोड रुपैयाँ नाफा कमाउँदा स्ट्याण्डर्ड चाटर्ड बैंकले २ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ ।

सानिमा बैंकले एक अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ आर्जन गरेको छ । लक्ष्मी सनराइज बैंकले १ अर्व ८२ करोड रुपैयाँ नाफा कमाउँदा सिटिजन्स बैंकले १ अर्व २२ करोड रुपैयाँ नाफा जोड्न सफल भएको छ । माछापुच्छ्रे बैंकले १ अर्व १६ करोड रुपैयाँ रुपैयाँ जोडेको छ । सिद्धार्थ बैंकले भने १ अर्व ६९ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL