Logo

सुन तस्करी प्रकरण : सिआइबी प्रमुख बज्राचार्यदेखि पूर्वसभामुख महरा विरुद्ध मुद्दा चलाउन सिफारिस

सुन तस्करी प्रकरण : सिआइबी प्रमुख बज्राचार्यदेखि पूर्वसभामुख महरा विरुद्ध मुद्दा चलाउन सिफारिस



काठमाडौं । सरकारले सुनको अवैध पैठारीमा संलग्न भएका तर हालसम्म नाम नआएका केहिलाई पनि कारबाही प्रक्रिया अघि बढाएको छ । यसअघि सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेका नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो प्रमुख किरण बज्राचार्यदेखि पूर्व सभामुख कृष्णबहादुर महरालाई कारबाही गरिने भएको हो ।

laxmi

उक्त आगोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई शुक्रबार प्रधानमन्त्री प्रचण्डले निर्देशनसमेत दिईसकेका छन् ।

उक्त आयोगले किरण बज्राचार्य, माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख महरा, पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, जीवन चलाउने, अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारी, एसपी संजय सिंह थापा, डिएसपी दुर्गा दाहाल, रुगम कुँवरलगायतलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

यसअघि सीआइबीले गरेको अनुसन्धानमा यीनीहरुको नाम आएपछि नाम लुकाउने काम गरेको भन्दै सीआइबीका एआइजी बज्राचार्यलाई कारबाहीको लागि सिफारिस गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट ब्रेक शुुसहितको सुन बरामद गरेको थियो। १९ दिन विभागले अनुसन्धान गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मा दिएको थियो।

सिआइबीको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले चोरी तस्करी, भन्सार ऐन, नागरिकता ऐन तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा मुद्दा दायर गरेको थियो। जसमा ७ जना चिनियाँसहित २५ आरोपी हालसम्म जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL