Logo

अर्थमन्त्रीले भने-‘सेयर र घरजग्गामा मात्रै कर्जा जाँदा प्रतिफल आउन सकेन, अब उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ’

अर्थमन्त्रीले भने-‘सेयर र घरजग्गामा मात्रै कर्जा जाँदा प्रतिफल आउन सकेन, अब उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ’



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर र घरजग्गामा मात्रै कर्जा प्रवाह हुँदा प्रतिफल राम्रो आउन नसकेको बताएका छन् । सोमबार बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले देशको कुल ग्राहस्थ्र्य उत्पादन बराबर कर्जा प्रवाह हुँदा पनि सोहीअनुरूप प्रतिफल आउन नसकेको बताए।

laxmi

‘पहिले कर्जा लिनेले जुन समस्या भोगे त्यो समस्या आगामी ऋणीले भोग्न नपरोस भनेर बैकको व्याज घटाइएको छ,’ उनले भने, ‘हिजोको दिनमा सेयर धितो र घरजग्गामा धेरै कर्जा गएको कारण समस्या देखियो अब त्यस्तो हुदैन ।’ अबको कर्जा लगानी उत्पादनमुलक क्षेत्रमा हुनु आवश्यक रहेको भन्दै सरकारले सोहीअनुरूप प्रोत्साहन गर्ने पनि अर्थमन्त्रीले बताए ।

उनले अहिलेको अवस्थामा उपभोक्ता र लगानीकर्ताको मनोवल बढाउनु जरूरी रहेको भन्दै सकारात्मक प्रचारको जरूरी रहेको बताए । ‘मागमा कमीको कारण पनि उत्पादनमूलक उद्योग नचल्दा आयात खुम्चियो,’ उनले भने, ‘गैर भन्सार चुहावटले गर्दा पनि आयात कम भएको देखिएको छ यसको लागि अनुसन्धान अघि बढाइएको छ ।’

आगामी दिनमा बैंकको ब्याजदर अझै घट्दै जाने उनले दाबी गरे । ‘अब व्याजदर घट्दैछ अब उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह हुने सम्भावना उच्च छ । पुराना कर्जा लिएकाको हकमा थोरैमात्रै व्याज घटेपनि नया उद्यम गर्न चाहनेले न्यून व्याजदर कर्जा पाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL