Logo

इजरायलमा घाइते भएका नौ मध्ये दुई नेपालीको अवस्था गम्भीर

इजरायलमा घाइते भएका नौ मध्ये दुई नेपालीको अवस्था गम्भीर



काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको छन्। घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

laxmi

शनिबार मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले उक्त पुष्टि गरेको हो। ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन । मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ । 

इजरायलको वर्तमान स्थितिलाई दृष्टिगन गरी त्यहाँ सहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न सरकारले अनुरोध गरेको छ ।

इजरायलस्थित नेपाली दूतावासको सम्पर्क विवरण पनि सरकारले उपलव्ध गराएको छ ।  टेलीफोनः+९७२(०)३५१६८०८५, राजदूत कान्ता रिजाल ९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरे +९७२५४५८६४४२३, इमेल [email protected]

प्रतिक्रिया दिनुहोस्
MBL