Logo

नक्कली प्रमाणपत्र पेश गरी जापान पठाउने १४ मेनपावर कम्पनीको ईजाजत निलम्बन, को को मेनपावर परे ?

नक्कली प्रमाणपत्र पेश गरी जापान पठाउने १४ मेनपावर कम्पनीको ईजाजत निलम्बन, को को मेनपावर परे ?



काठमाडौं । सरकारले विभिन्न १४ मेनपावर कम्पनीको अनुमतिपत्र निलम्बन गरिदिएको छ । नक्कली प्रमाणपत्र पेश गरेर नेपाली कामदारलाई जापान पठाएको भन्दै वैदेशिक रोजगार विभागले १४ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन गरेको हो ।

laxmi

‘जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारहरुलाई जापान पठाएको भन्ने उजुरीको सम्बन्धमा विभागबाट अनुसन्धान भइरहेको विभागले जानकारी दिएको छ । तर, प्रारम्भीक अनुसन्धानबाट १४ मेनपावर कम्पनीहरु भने यसमा संलग्न रहेकाले उनिहरुका ईजाजतपत्र नै खारेज गरिदिएको विभागको भनाई छ ।

यसरी ईजाजत खारेज हुनेमा गुडलाईफ इन्टरनेशनल, सत्यवती ओभरसिज, डिएन इन्टरनेशनललगायतका मेनपावरहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL