Logo

शुरु भयो उपहारको सिजन : आइएमई गरेर १ करोड जित्ने अवसरदेखि उपहारमा घर, कार र दुबई घुम्ने योजनासम्म

शुरु भयो उपहारको सिजन : आइएमई गरेर १ करोड जित्ने अवसरदेखि उपहारमा घर, कार र दुबई घुम्ने योजनासम्म



काठमाडौं । भनिन्छ नेपालमा जनैपूर्णिमा शुरु भएसँगै चाडपर्वको सिजन शुरु हुन्छ । हुन पनि जनैपूर्णिमापछि तीज, दशै, तिहार, छठजस्ता ठूला पर्वहरु लगातार आउने भएकाले देशमा उत्सवको माहौल बन्छ । यो समय नेपालमा सबैभन्दा बढी व्यवसाय हुने समय पनि हो । चाडपर्वका अवसरमा पाइने अतिरिक्त बोनस, तलबदेखि चाडपर्व मनाउनकै लागि विदेशमा रहेकाले नेपालमा रहेका परिवारलाई पठाउने रकमसम्मले धेरैलाई किनमेलका लागि उत्प्रेरित गदर्छ ।
त्यसैले यो मौकालाई गुम्न नदिन प्रायः सबै कम्पनीदेखि विक्रेतासम्मले विशेष अफरहरु सार्वजनिक गर्छन । अहिले नेपालमा चाडपर्व अफरकै नाममा वा यो मौका पारेर कम्पनीहरुले दिनहुँ नयाँ–नयाँ अफर सार्वजनिक गरिरहेका छन् । जुन अफरहरुमा आइएमई गरेर १ करोड जित्ने अवसरदेखि उपहारमा घर, कार र दुबई घुम्ने योजनासम्म रहेका छन् ।

laxmi

‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक

रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आईएमई गरौँ,करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ । आईएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पनि पाउने छन् । यसै गरी दसैँ,तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् ।
आईएमई गरी आइएमई पे वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् । यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्तसम्म लागु हुने छ । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताएका छन् । साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।

सामसङको दसैँ अफर : ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’

सामसङ नेपालले दसैँ अफर ग्राहकमाझ ल्याएको छ । कम्पनीले ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’ अफर सुरु गर्न लागेको छ । ग्राहले जुनसुकै सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्दा हरेक दिन उपहार स्वरुप रु.२ लाख ३३ हजार ९००मूल्य बराबरको टिभिएस एनटर्क १२५ सिसिको स्कुटर जित्ने अवसर पाउनेछन् । जसअनुसार जम्मा २५ दिनमा २५ जना विजेताहरुले उक्त उपहार प्राप्त गर्नेछन् । सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने जो कोही ग्राहक यस योजनामा सहभागी बन्न सक्नेछन् । शनिबार बाहेक हरेक दिन एक टिभिएस एनटर्क १२५ सिसिको भाग्यशाली विजेता बन्न सक्नेछन् । शनिबार यो योजना नभएपनि शनिबारको दिन प्रवद्र्धन योजनामा सहभागी भएका ग्राहकहरुको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिनेछ । यो योजना असोज ५ गते सुरु भई कार्तिक ३ गतेसम्म कायम रहनेछ । यद्यपि ग्राहकहरुले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नेछनज् । असोज २ देखि असोज ५ सम्म प्राप्त भएका ईन्ट्रीहरुलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ । लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

ईसेवा मनि ट्रान्स्फरबाट पैसा पठाउदा फेरी पनि काठमाडौँमा घर

स्थापना कालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन “मेरो डिजिटल देश” अभियानलाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
यो अभियान असोज १, २०८० बाट सुरु भएर असार ३१, २०८१ सम्म जारि रहने, कम्पनी स्रोतले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटल तर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो। साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन का लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको, कम्पनीले जनाएको छ । “मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहनु भएका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नुहुनेछ । यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्ने छन् ।’
अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले भने, “यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो । प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट, हामीले कम्तिमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौं। साथै ईसेवा मनि ट्रान्स्फर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिइनेछ। यसबाहेक, हामीलाई थाहा छ रेमिट्यान्स हाम्रो राष्ट्रिय आम्दानीको महत्वपूर्ण हिस्सा पनि हो। यो योजना मार्फत, हाम्रो उद्देश्य नेपाली नागरिकको आकांक्षा पूरा गर्ने हो जसले आफ्नो परिवारमा खुशी ल्याउन र सम्पूर्ण राष्ट्रको समृद्धिमा योगदान पु¥याउन लगनशील भई काम गरिरहेको छ ।”
अभियानबारे एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले भने, “ईसेवा मनि ट्रान्स्फरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ । यस योजना अन्तर्गत, विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीहरूलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु ।” इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, “इसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यम बाट केहि मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए । ‘यो अभियान मार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ ।” अभियान बारे ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भन्नुभयो, “यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु सहभागि हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउनु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं विश्वका बिभिन्न देशबाट नेपालमा पैशा पठाएर देशलाइ यतिठुलो आर्थिक योगदान पु¥याउनु हुने ति सहयोगी हातहरु मध्ये केहि लाई १० महिने यस अभियान मार्फत हामी विशेष रुपमा सम्मान गर्नेछौं ।”
यसका साथै ईसेवा मनि ट्रान्स्फरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ् राई र इसेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ । ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

दसैँ र तिहारका लागि एलजीको नयाँ अफर सार्वजनिक

नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ अभियान ‘शुभसाईत दसैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’सार्वजनिक गरेको छ । यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्दछ । यस योजनाअन्तर्गत, एलजीको लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले एलजीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिनालागत ईएमआई प्राप्त गर्न सक्छन् । त्यसैगरी, ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटेलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन् । साथै यस अवधिभित्र एलजीको टिभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टी समेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ ।

कोका–कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन, बम्परमा कार पुरस्कार

कोका कोला नेपालले “चिल एन विन” को सफलता पछि “चिल एन विन २.०” क्याम्पेन लिएर आएको छ । यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइक लगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिने पनि कम्पनीको भनाइ छ । यस क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ ।
यी कोडहरू “चिल एन विन २.०” क्याम्पेनको वेबसाइट डब्लुडब्लुडब्लु डट स्प्राइट डट कम डट एनपीमा पनि पठाउन सकिन्छ । एसएमएस मार्फत इन्टर गर्न, सहभागीहरूले मेसेज बक्समा अंग्रेजीमा कोक स्पेस लेबल युनिक कोड स्पेश पूल नेम टाईप गरी ३४००१ मा एसएमएस पठाउनु पर्ने हुन्छ । यसको विकल्पमा ग्राहकहरूले लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन् । प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
“चिल एन विन २.०” क्याम्पेन १ सेप्टेम्बर देखि सुरु भएको हो भने ३१ अक्टोबरसम्म चल्नेछ । ग्राहकहरूले यस क्याम्पेनमा भाग लिएर धेरै भव्य र रोमाञ्चक पुरस्कारहरू जित्ने मौका पाउनेछन् । नेपालमा कोका–कोलाले यस किसिमको क्याम्पेन ल्याएको यो पहिलो पटक भने होइन । कोका–कोला नेपालले आफ्ना ग्राहकहरूलाई रोमाञ्चक र आकर्षक दुवै किसिमका क्याम्पेनहरू प्रदान गर्दै आएको छ । “चिल एन विन” को पहिलो संस्करण, “क्याप मा कार” तथा “स्प्राइटसंग जित्ने मौका” कोका–कोलाको गत वर्षका स्मरणीय क्याम्पेनहरू मध्येका केही क्याम्पेन हुन् ।

डिशहोम फाइवरनेटको “कनेक्सनको दोब्बर उत्सव” अफर सार्वजनिक

डिशहोम फाइवरनेटले आफ्नो अमुल्य ग्राहकहरुका लागि “कनेक्सनको दोब्बर उत्सव” अफरको सुरुवात गरेको छ । यो चाडवाडको मौसममा यस योजना मार्फत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ यानिकी अव ५० एमबीपिएसको पैसा तिर्दा १०० एमबीपिएसको ब्यान्डविथ पाउनेछन् । यो अफर अन्तर्गत हाम्रा ग्राहकहरुले शुलभ मुल्यमा डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेमा कम्पनीले विश्वास लिएको छ । नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको छ । ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको छ .

ब्ल्याक प्लस डेकरको दसैँ अफरमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका
ब्ल्याक प्लस डेकरले आफ्नो ग्राहकहरूको लागि दसैँको उपलक्ष्यमा अफर ल्याएको छ । अफर अनुसार ब्ल्याक प्लस डेकरको कुनै पनि सामान खरिद गर्दा बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका प्राप्त गर्न सक्नेछन् । ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरिद गर्दा हरेक हप्ता एकजना भाग्यशाली विजेताले पनि उपहार जित्न सक्नेछन् । उपकरण खरिद गर्नेहरू मध्ये एकजनाले बम्पर उपहारको रूपमा एक जोडीले दुबई भ्रमण गर्ने मौका पाउनेछन् ।

गज्जबको गोदरेज, कमालको अफर’ सार्वजनिक

भारतको चर्चित होम अप्लाएन्स तथा नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले नेपालमा यसपालिको दशैं, तिहार तथा छठलाई लक्षित गर्दै गोडरेजको “गज्जबको गोडरेज, कमालको अफर” नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ भाद्र २६ गतेदेखि नेपालभर सीमित अवधिका लागि उठाउन सक्नेछन् । अफरमा ग्राहकहरुले कुनैपनि गोडरेजको सामानको खरिदमा २५ % सम्मका अधिकतम छुट र अन्य आकर्षक उपहारहरु पाउन सक्ने छन्। फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी एरियल म्याटिक वाशिङ पाउडर तथा टप लोड वाशिङ मेसिन र सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा ३ लिटर एरियल म्याटिक वाशिङ लिक्विड प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी ग्राहकहरुले गोडरेजको साइड बाइ साइड रेफ्रिजरेटर खरिद गर्दा सिजिको इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्नेछन् भने सिंगल तथा डबल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन्। साथै, गोडरेजको चेस्ट फ्रिजरको खरिदमा समेत आकर्षक क्यासब्याकको व्यवस्था रहेको छ। साथै माईक्रोवेभ ओवनमा भने अति उपयोगी कुकिङ्ग किट पाउन सकिनेछ। त्यस्तै गरी एयर कन्डिसनर खरिद गर्ने उपभोक्ताका लागि कम्पनीले सित्तैमा जडान गरिदिने भएको छ। यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको कम्पनीले जनाएको छ । त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले “सिजि लोयल्टी क्लब”को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५% सम्म छुट पाउन सकिनेछ । यी सुबिधाका लागि ग्राहकहरुले धधध.अनभभिह.अयm मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन। नेपालमा गोडरेजको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

शाओमीले ल्यायो ‘चाडपर्वको मुड, अफर टु गुड’ अफर

शाओमीले नेपालमा यो चाडपर्वलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ । ‘चाडपर्वको मुड, अफर टु गुड’ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा २ हजार रुपैयाँ सम्मको छुटको अफर रहेको छ । अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ । यो लिमिटेड–टाईम अफरले उपभोक्ताहरूलाई असाधारण मूल्य प्रदान गर्ने वाचा गर्दछ, जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरूमा उपलब्ध गराएको छ ।’

‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ योजना

सीजी ब्राण्डले ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ भन्ने चाडपर्व प्रवर्द्धन योजना सुरु गरेको छ । नेपालको सबैभन्दा ठुलो इलेकट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्ड सीजीले दसैँ र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको हो । यस योजना अन्तरगत ग्राहकहरूले कुनै पनि सीजी ब्राण्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्नु हुनेछ । ग्राहकहरूले रु ५६ हजार ४०० सम्म बचत गर्ने अवसर प्राप्त गर्ने छन् । सीमित समयको लागि दिइएको यस योजना यही भाद्र २५ गते देखि नेपाल अधिराज्यभरि लागु गरिएको छ ।
यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल भिभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्नु हुनेछन् यो योजनामा उल्लेखित अफरहरू तोकिएको अवधिभित्र नेपालभरका सबै सीजी ब्राण्डका आधिकारिक डिलरहरूबाट सजिलै प्राप्त गर्न सकिनेछ । यो योजना सीजी ब्राण्डका सबै इलेकट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, डिसवासर, एयर कन्डिसन, भ्याक्युम क्लिनर र स्पिकरहरूमा उपलब्ध छन् ।

हुन्डाईको ‘फेष्टिभ डिलाइट–२०८०’ योजना सार्वजनिक

हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि दशैं–तिहार लक्षित फेष्टिभ डिलाईट २०८० योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाइले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाइ एसयुभी लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।
हुन्डार्ड फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।
२१ भाद्रदेखि शुरु भएको यस हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नेहरुले पनि यो योजनामा सहभागिता जनाउन सक्नेछन् । नाडा अटोशो २०२३ मा हुन्डाईको बीफाइभ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर ३ (छठ पर्व)सम्म लागू हुनेछ ।

माइडियाले ल्यायो चाडपर्व अफर

नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।कम्पनीले “माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग” भन्ने नारासहित अफर अन्तर्गत अफर ल्याएको हो ।इडियाको ६, ७ र ८ केजी १०० सिरिजका वासिङ्ग मेसिनको खरिदमा ६ केजी एरिअल प्याक, ८ केजी भन्दामाथिका २०० सिरिजका वासिङ्ग मेसिनको खरिदमा माइडियाको इन्डकसन कुकटप (१६०० वाट), डबल डोर रेफ्रीजिरेटरको खरिदमा आइरन, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप (२००० वाट) साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ्ग किट उपहार प्राप्त हुने छ । यो ग्राहक योजना सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरु मध्ये एक हो । नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।

भेस्पा, अप्रिलियाको चाडपर्व अफर

नेपालीहरूको महान् चाड दसैँतिहार नजिकिँदै गर्दा दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि.ले भेस्पा, अप्रिलियामा चाडपर्व बम्पर अफर सार्वजनिक गरेको छ । कम्पनीले भेस्पा, अप्रिलिया स्कुटरको खरिदमा ४० हजार रुपैयाँ नगद छुटको घोषणा गरेको हो । आकर्षक नगद छुटको घोषणा गर्दै कम्पनीले हालसम्म कै उत्कृष्ट अफर योजना ल्याएको जनाएको छ । जस अनुरूप ग्राहकले कुनै पनि भेस्पा, अप्रिलियाको खरिदमा सिधै ४० हजार नगद छुट पाउने कम्पनीले जनाएको छ । यो अफरमा कुनै पनि किसिमको सर्तहरू लागु नहुने समेत कम्पनीले बताएको छ । तर यो अफर सीमित अवधिका लागि मात्र कायम रहने कम्पनीले जानकारी दिएको छ ।

बेकोको दसैँ तिहार योजना सार्वजनिक

युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दसैँ तिहार लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना सार्वजनिक गरेको छ । जारी यो योजना सिमित अवधिका लागि लागू हुने जनाइएको छ । उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को एरिअल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ । साथै सिङगल डोर रेफ्रिजीरेटरमा चोप्पर , डबल डोर रेफ्रिजीरेटरमा ईलेक्त्रिक किटली र मल्टी डोर रेफ्रिजीरेटरमा ईलेक्त्रिक प्रेसर कूकर उपहार पाइन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनरको खरिदमा फ्री इन्स्ट्लेसन पाईन्छ । साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ ।

त्यसैगरी शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले “सिजि लोयल्टी क्लब“को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटल विभान्तामा २५% सम्म छुट पाउनु सक्ने कम्पनीले जनाएको छ । नेपालभर बेको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

भिभो स्मार्टफोनहरूमा प्रि–फेस्टिभल अफर घोषणा

काठमाडौँ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ । प्रि–फेस्टिभल अफरहरू सीमित स्मार्टफोनहरु–भी२७ फाइभजी, ट्रेन्डसेटिङ वाई३६ र स्टाइलिस वाई०२ मा सिमित अवधि अर्थात सेप्टेम्बर २०२३ को अन्त्यसम्म मात्र उपलब्ध हुनेछन् । यी आकर्षक अफरहरू देशभरका भिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको छ र उपभोक्ताहरू त्यहाँ मूल्य घटाएको छ । रु ५८,९९९ मूल्य रहेको यो स्मार्टफोन अफर अवधिभरि नयाँ मुल्य रु ५६,९९९ मा उपलब्ध हुनेछ । यसैगरी वाई३६ स्मार्टफोनको मूल्य सिमित अवधिका लागि रु. २८,९९९, बाट घटेर रु. २७,९९९ भएको छ । वाई०२ को मूल्य पनि रु १३,४९९ बाट घटाएर रु १२,९९९ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL