Logo

काठमाडौंमा मेलम्चीको पानी बाह्रै महिना सञ्चालन गर्ने घोषणा भएको एक सातामै बन्द

काठमाडौंमा मेलम्चीको पानी बाह्रै महिना सञ्चालन गर्ने घोषणा भएको एक सातामै बन्द



काठमाडौँ । काठमाडौं उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी कम्तीमा दुई महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ । वर्षाका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरिएको हो । पानी बन्द गरेपछि उपत्यकामा नयाँ पाइपलाइन बिछ्याएको स्थानमा भने पानीको बढी समस्या हुने देखिएको छ ।

laxmi

२६ किमि सुरुङको सुरक्षालाई समेत ध्यानमा राखेर गत सातादेखि नै आगामी भदौसम्मका लागि पानी बन्द गरिएको मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले जनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत २ गते मेलम्ची मुहान पुगेर पानी बाह्रै महिना सञ्चालन गर्न सबै उपाय अपनाउने घोषणा गरेका थिए । उनले यस्तो घोषणा गरेको दुई सातामा पानी बन्द भएको छ ।

२०७८ साल असारमा आएको बाढीले मुहानको माथिल्लो भागबाट आएको बाढी पहिरोबाट क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण हुन सकेको छैन । दीर्घकालीन रूपमा मेलम्चीलाई कसरी स्थायित्व दिने योजना बन्न सकेको छैन । ‘बाढी पहिरो आउनुअघि सामान्य वर्षातमा पानी धमिलो नहुने मेलम्ची खोलाको पानीमा अहिले बालुवा र माटो बगेको छ,’ कार्यकारी निर्देशक श्रेष्ले भने, ‘धमिलो पानी पठाउन त सकिने भए पनि जोखिम नउठाएको हो ।’

दैनिक १७ करोड लिटर पानी पठाउँदा जम्मा हुने बालुवाले सुरुङलाई असर गर्ने समस्याका देखिएको आयोजनाले जनाएको छ । खानेपानी मन्त्रालयसँगको समन्वयमा भएको छलफलमा जोखिम मोलेर पानी सञ्चालन नगर्ने निर्णय भएकाले बन्द गरिएको जानकारी श्रेष्ठले दिए । उनले सुरुङ जोगाउन पनि पानी बन्द गरेको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL