Logo

एकै दिन ३१ सयले गरे रत्नपार्कको अवलोकन, पार्कभित्र प्रतिक्षालय बनाउने तयारी

एकै दिन ३१ सयले गरे रत्नपार्कको अवलोकन, पार्कभित्र प्रतिक्षालय बनाउने तयारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रत्नपार्कमा इन्टरनेट सुविधा उपलब्ध भएसँगै त्यहाँ जाने अवलोकनकर्ताको संख्या बृद्धि भएको छ । विशेषगरी किशोर किशोरी तथा युवाहरु रत्नपार्क आउने रत्नपार्क तथा रानी पोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीले बताए ।

गत शनिवार हालसम्मकै बढी अवलोकनकर्ता रत्नपार्क आएको उनले जानकारी दिए । उनका अनुसार गत शनिवार ३ हजार १ सय १० जनाले अवलोकन गरेका थिए । रत्नपार्कमा पछिल्लो समय इन्टरनेट चलाउने बढी आउने बताइएको छ ।

अघिल्लो शनिवार १ हजार ८ सय अवलोकनकर्ता आएका थिए । अवलोकनकर्ताको संख्या वृद्धि भएसँगै आम्दानी पनि बढेको छ । गत शनिवार ६९ हजार ८ सय रुपैयाँ उठेको थियो । अघिल्लो शनिवार ३५ हजार उठेको थियो ।

रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गरिएको हो । सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ ।

रत्नपार्कका पानी पर्दा ओत लाग्ने ठाउँ नभएको भन्दैै सेड हाउस बनाउने तयारी गरिएको छ । त्यस्तै उद्यान भित्र छिर्ने अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै क्यान्टिन सञ्चालन गर्न लागिएको बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL