Logo

राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक, यस्ता छन् नमूना मतपत्र

राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक, यस्ता छन् नमूना मतपत्र



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्बजनिक गरेको छ । आयोगले विहिबार दुई किसिमका नमुना मतपत्र सार्बजनिक गरेको हो ।

आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता रहेका संघीय सांसद र प्रदेश सांसदका लागि फरक फरक मतपत्र बनाएको छ । आयोगले संघीय सांसदका लागि रातो र प्रदेश सभाका सांसदका लागि हरियो रंगको मतपत्रको नमुना सार्बजनिक गरेको छ ।

फागुन १५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा एमालेबाट सुबासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् ।

matpatra namuna

प्रतिक्रिया दिनुहोस्
MBL