Logo

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि वृद्धि

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि वृद्धि



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ पुगेको छ । बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL