Logo

सम्झौता भएको २ वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती, बत्तिको महशुलमै लफडा

सम्झौता भएको २ वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती, बत्तिको महशुलमै लफडा



काठमाडौं । काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुनसकेको छैन । विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो ।

laxmi

सम्झौता भएको ४५ दिनदेखि काम सुरु गर्ने भनिए पनि सुरुको एक वर्ष कोरोना महामारीका कारण काम अघि बढाउन नसकिएको कामपाको भनाइ छ । कोरोनाको त्रास कम भएपछि भने कामपाले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्नेजस्ता विषयमा विवाद हुँदा थप काम अघि बढ्न नसकेको हो । सहमति अनुसार कामपा क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक बत्तीका लागिे कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गरिने र लगानीकोे ६० कामपाको र प्रतिशत प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ ।

कामपाको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ । सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, महाराजगञ्ज चोक, पुतली सडक, शीतल निवासलगायत क्षेत्रमा पहिलो चरणमा करिब १२ करोड रुपैयाँको लागतमा १ हजार ७ सय थान आधुनिक सडक बत्ती जडानका लागि कार्यअघि बढाउने भनिएको छ ।

कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार स्मार्ट सडक बत्ती जडान गर्ने सहमति भए पनि कुन कम्पनीको, कति थान र कुन क्षमताको बत्ती जडान गर्ने तथा त्यसको मर्मतसम्भार कस्ले गर्ने, बत्तीको महसुल कस्ले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न नसकेको हो । ती विषयमा सम्झौता गर्नका लागि छलफल भइरहेकाले सम्झौतापछि तत्काल काम सुरु हुने प्रमुख थापा बताउँछन् ।

उनी भन्छन्,‘यसअघि सम्झौता हुन नसकेको विषयमा पनि सहमति भई एक हप्ताभित्र काम अघि बढ्ने तयारीमा छ । बाँकी रहेका स–साना विषयमा सहमति भएसँगै पैसा निकासा भएर काम अघि बढाउने तयारी रहेको छ ।’

त्यसैगरी बत्ती जडानपछि बत्ती ती स्थानका फुटपाथलगायतको मर्मत विभागले गर्ने सम्झौतामा उल्लेख छ । बत्ती जडानसँगै राति सडकमा हुने दुर्घटना कम हुने र यात्रुलाई आवतजावतमा सहयोग पुग्ने विश्वास कामपाको छ । उक्त बत्तीले सडकमा सोलार वा अन्य बत्तीलेभन्दा बढी उज्यालो दिने र त्यसको प्रकाश साँझको समयमा बढी चम्किलो हुने बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL