काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ अवरोध गर्नेगरी निजी व्यापार व्यवसाय नगर्न निर्देशन गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरपालिकाले साइकल, ठेलागाडा, निजी प्रयोजनका सामग्रीहरुले फुटपाथ नै अवरोध गरेकाले यसमा रोक लगाउन निर्देशन दिएको हो ।
यसरी आजैदेखि कुनै कारोबार वा व्यवसाय गरिरहेको पाईएमा मालसामान नै जफत गरिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
