Logo

१ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

१ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १२ सय रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL