Logo

तयारी पोसाक संघका अध्यक्ष पाण्डेको निधन

तयारी पोसाक संघका अध्यक्ष पाण्डेको निधन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ मंसिर, काठमाडौं । नेपाल तयारी पोसाक संघका अध्यक्ष उदयराज पाण्डेको बिहीबार निधन भएको छ । दिल्लीमा उपचार गराइरहेका पाण्डेको उपचारको क्रममा निधन भएको हो ।

टाउकोमा क्यान्सरले समातेपछि उनको पहिलो चरणको सफल अप्रेसन भएको थियो । पहिलो चरणको अप्रेसन भएपछि उनलाई डाक्टरले बेड रेष्ट गर्न सुझाव दिएका थिए । उनी महासंघको चुनाव विचमै छाडेर पुनः उपचारका लागि दिल्ली उपचारको लागि गएको थियो । पाण्डेको दोस्रो चरणको अप्रेसन हुँदाहुँदै मृत्यू भएको हो ।

लामो समयदेखि क्यान्सरका विरामी पाण्डे गत वर्ष भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचणमा वस्तुगत संघतर्फबाट महासंघको उपाध्यक्षमा उठेका थिए । उपाध्यक्षमा उठेपनि विरामी भएका कारण उनले भोट समेत हाल्न पाएका थिएनन् ।

सिरिन ग्रामेन्टका सञ्चालक पाण्डे दुई कार्यकाल तयारी पोसाक संघको अध्यक्ष भए । नेपालको तयारी पोसाक निर्यात व्यापारमा पाण्डेको नाम अग्रपंक्तिमा आउँछ । उनले निर्यात व्यापार बढाउन सहयोगी भूमिका खेलेवापत नेपाल सरकारबाट कमर्शियल इमोर्टेन्ट पर्सनको सम्मान समेत पाएको थिए । उनी सन् १९५९ अगष्ट २१ तारिखमा काठमाडौंमा जन्मिएका हुन् । उनका श्रीमति र एक छोरा एक छोरी छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL