GBIME

प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता, अध्यक्ष र सीइओमा भागबण्डा


बिजखबर संवाददाता
14 July, 2022 6:49 pm

प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता, अध्यक्ष र सीइओमा भागबण्डा

काठमाडौं । प्रभु लाइफ ईन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंको अलफ्ट होटलमा दुई कम्पनीका अध्यक्षले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

NLIC
Lamxi_bank

उक्त समझदारीमा एक आपसमा गाभिनका लागि दुबै कम्पनीको सेयर स्वाप रेसियो १ः१ अनुपातमा रहने उल्लेख छ । यस्तै दुबै कम्पनी एकआपसमा गाभिई नयाँ बन्ने कम्पनीको नाम भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुने बताईएको छ ।

मर्जरपछि कम्पनीको संचालक समितिमा प्रभु लाइफका अध्यक्ष सुभास अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफका रमेश कुमार भट्टराई रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL