GBIME

‘आइएमई नेपाल लोकस्टार–२’ को प्रायोजकमा जगदम्बा सुपर साइन, सम्झौतामा हस्ताक्षर


बिजखबर संवाददाता
1 July, 2022 8:40 am

ime lokstar

काठमाडौं । नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ ।

NLIC
Lamxi_bank

जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालबीच बिहीबार आयोजित विशेष समारोह बीच सम्झौता हस्ताक्षर भएको हो ।

लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौँ प्रतिभाहरूले लोकस्टार सिजन २ को उपाधि जित्ने आकाङ्क्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका विभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरूको छनौट गरिने छ ।

केही दिनमै नयाँ सिजनको सुटिङ प्रारम्भ हुने र साउन महिनाको अन्त्यदेखि हरेक मंगलबार र बुधबार राती ८ बजे कार्यक्रम प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL