Logo

मर्जरमा बीमा कम्पनीहरुलाई थप राहत, सेयर जारी नगरेका कम्पनी पनि मर्जरमा जान सक्ने

मर्जरमा बीमा कम्पनीहरुलाई थप राहत, सेयर जारी नगरेका कम्पनी पनि मर्जरमा जान सक्ने



काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई मर्जरमा जान थप राहत दिएको छ । सोमबार एक परिपत्र जारी गर्दै समितिले सर्वसाधारणमा सेयर जारी नगरेका बीमा कम्पनीहरु पनि मर्जमार जान सक्ने व्यवस्था गरेको हो । परिपत्रको पहिलो खण्डमै समितिले सर्वसाधारणमा सेयर जारी गरिसकेका र नगेका ईजाजतपत्र प्राप्त कम्पनीहरुले पनि एकआपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्न योग्य मानिने उल्लेख छ ।

तर, गाभिसकेपछि वा प्राप्ति भईसकेपछि बन्ने नयाँ कम्पनीले कुल पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने बताईएको छ । यस्तै समितिले बीमा कोष र अनिवार्य जगेडा कोष पुगेका र नपुगेका कम्पनीहरु पनि एकआपसमा गाभिने सक्ने जानकारी दिएको छ ।

यससँगै गाभ्ने गाभिने सैद्धान्तिक सहमति गरिसकेका कम्पनीले आफुखुसी उक्त निर्णय भंग गर्न पनि नपाईने सर्कुलरमा उल्लेख छ । त्यसका लागि बीमा समितिको स्विकृती चाहिने छ ।

यस्तो छ बीमा समितिको सर्कुलर :

[googleapps domain=”drive” dir=”file/d/12nEiXke0T8Qq-wha5FrPD7MeZ2sFX0Yz/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL