Logo

इन्भेष्टर्स फोरमले भन्यो-बैंकहरुले आफुखुसी ब्याजदर बढाउँदा सेयर बजारमा नकारात्मक असर, तत्काल पुनरावलोकन होस

इन्भेष्टर्स फोरमले भन्यो-बैंकहरुले आफुखुसी ब्याजदर बढाउँदा सेयर बजारमा नकारात्मक असर, तत्काल पुनरावलोकन होस



काठमाडौं । पछिल्लो समय बैंकहरुले एकाएक बैंक ब्याजदर बढाएपछि सेयर बजार लगानीकर्ता आक्रोशित भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा गरेको निर्णयले पुँजीबजार लगायत अन्य क्षेत्रहरु पनि मर्कामा पर्ने भन्दै नेपाल इन्भेष्टर्स फोरमले आक्रोश व्यक्त गरेको हो ।

laxmi

फोरमले बैंकहरुले एकतर्फी रुपमा लगानीका क्षेत्रलाई मर्का पर्ने गरी गरेको व्याजदर बढाउने निर्णय तत्काल पुनरावलोकन गर्न आग्रह गरेको छ ।

फोरमले हालसम्म सबै क्षेत्रका लगानीकर्ता संलग्न भइसकेको पुँजीबजार क्षेत्रलाई पनि ब्याजदरले असर पारेको बताएको छ । पछिल्लो समय नेपाली सेयरबजार लगातार ओरालो लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL