Logo

निगमले पेट्रोलियम पदार्थको मुल्य घटायो, नयाँ मुल्य बुधबारदेखि लागु हुने

निगमले पेट्रोलियम पदार्थको मुल्य घटायो, नयाँ मुल्य बुधबारदेखि लागु हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ मंसिर, काठमाडौं । नेपाल आयाल निगमले स्वचालित मुल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । सरकारले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको छ भने डिजेल र मट्टीतेलमा पनि २र२ रुयैयाँ घटाएको छ । सरकारले इण्डियन आयल कर्पोरेसनमा भएको घटबढसँगै नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्दै आएको छ ।

आइओसीले पनि मंगलबार मात्रै पेट्रोलियम पदार्थको नयाँ मुल्य सुची एनओसीलाई दिएको थियो । पेट्रोलियम पदार्थको मुल्य घटेसँगै बुधवार देखि बजारमा पेट्रोलेको प्रतिलिटर १ सय २३ रुपैयाँ पर्ने छ । यस्तै मट्टीतेल र डिजेलको ९७ रुपैयाँ ५० पैसा पर्ने छ । यस अघि सरकारले मंसिर ८ गते पनि पेट्रोलियम पदार्थको मुल्य घटाएको थियो ।

निगमले स्वचालित मुल्य प्रणाली लागु गरेपनि यस अघि समयमै मुल्य समायोजन गर्न सकेको थिएन । तर, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले आईओसीबाट पेट्रोलियम पदार्थको मुल्य सुची आउनेवित्तिकै नेपालमा पनि मुल्य समायोजन गर्न दिएपछि यसपटक चाडै नै मुल्य समायोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL