Logo

राप्रपाको अध्यक्षमा लिङदेन विजयी, पूर्वराजालाई दोष लगाउँदै थापाले स्वीकारे हार

राप्रपाको अध्यक्षमा लिङदेन विजयी, पूर्वराजालाई दोष लगाउँदै थापाले स्वीकारे हार



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । पार्टीमा लामो समयदेखि एकछज्ञ प्रभाव जमाएका कमल थापालाई पराजित गर्दै लिङदेनले विजय हात पारेका हुन् । उनी प्रतिस्पर्धी कमल थापाभन्दा २०० मत बढी ल्याएर विजयी भएका हुन् ।

पराजित भएपछि थापाले आफ्नो हारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई दोष लगाउँदै पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् । यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।

उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका छन् । ुसिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ(कामना’, उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL