Logo

संसद अवरोधकाबीच विनियोजन विद्येयक २०७८ पास, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

संसद अवरोधकाबीच विनियोजन विद्येयक २०७८ पास, सरकारलाई खर्च गर्ने बाटो खुल्यो



काठमाडौं । संसदबाट विनियोजन विद्येयक २०७८ पास भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद अबरोधकाबीच कांग्रेस माओवादीलगायतका संयुक्त गठबन्धनले विनियोजन विद्येयक २०७८ स्वीकृति गरेको हो ।

laxmi

गतहप्ता मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त गठबन्धन सरकारले प्रतिस्थापन बजेट ल्याएको थियो । अर्थमन्त्री जनार्दन चालु आर्थिक बर्ष २०७८।७९ को बजेटलाई अध्यादेश बजेटमार्फत प्रतिस्थापन गर्दै ल्याएको बजेट कार्यान्वयनका लागि बनेको विनियोजन विद्येयक आज बसेको संसदले पास गरेको हो ।

संसदमा एमालेको नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले रोस्टममा पुगेर विनियोजन विद्येयक २०७८ माथि विचार गरियोस भनी प्रस्ताव राखेका थिए । उनको प्रस्ताव बहुमतले पारित भएको भन्दै सभामुख अग्नि सापकोटाले निर्णय सुनाएका थिए । यससँगै अबका दिनमा देउवा नेतृत्वको सरकारलाई बजेट कार्यान्वयनमा लैजानका लागि बाटो खुलेको छ । अर्थमन्त्री शर्माले बजेटलाई अध्यादेशमार्फत प्रतिस्थापन गर्दै कुल १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।

विनियोजन विद्येयक पास भएसँगै सभामुख सापकोटाले आजको संसद बैंठक समाप्त भएको जानकारी दिएका छन् । संसदको अर्को बैंठक असोज ४ गते बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL