Logo

नेप्सेमा ‘क्लबहाउस सीएहरु’को २९६० को टेको भाँचियो, कारोबार रकमले पनि छाड्यो साथ

नेप्सेमा ‘क्लबहाउस सीएहरु’को २९६० को टेको भाँचियो, कारोबार रकमले पनि छाड्यो साथ



काठमाडौं । सामाजिक संजालमा लगानीकर्ताहरु तथा विज्ञहरुबीच हुने बहसभन्दा नेप्सेले ठिक विपररीत दिशा लिएको छ । पछिल्लो समय क्लब हाउस लगायत सामाजिक संजालमा लगानीकर्ताले नेप्से परिसुचकले २९६० अंकको टेको लिएर पुनः लयमा फर्किने भन्दै ठोकुवा गरेपनि बजार भने उक्त विन्दु पार गर्दै ओरालो लागेको छ ।

laxmi

पछिल्लो समय सेयर बजारको विषयमा जानकारी दिने भन्दै क्लव हाउसमा ठूलो बहस हुने गर्दछ । विशेषगरी आफुलाई स्वघोषित विज्ञ सम्झने एउटा जमात नै सेयर बजारको बारेमार बजारमा भ्रम सिर्जना गर्न लागिपरेका छन् । उक्त समुहका कतिपय सेयर बजारमा खेलाडी रहेका छन् भने धेरैजसो चार्टर्ड एकाउटेन्टहरुको समुह रहेको छ ।

पछिल्लो समय क्लव हाउसमा नेप्स सम्बन्धी ३।४ ओटा फोसमका बहस हुँदै आएको छ । एउटा फोरममा १ हजारदेखि ३ हजार लगानीकर्ताहरुको सहभागिता हुने गरेको पाईन्छ । तीनै समुहहरुमा चाटर्ड एकाउन्टेन्टहरुले अहिलको घट्दो बजार २९६० विन्दुमा टेको दिएर पुनः बजार बढ्ने बताएका थिए । तर लामो समयदेखि गिरावट आएको बजार साताको अन्तिम दिन अर्थात मंगलर उक्त विन्दुभन्दा तल झर्दै २९२६.७४ अंकमा ओर्लिएको छ । ‘अहिले बजार कुन लयमा अघि बढ्छ भन्दा पनि क्लव हाउसका लिएरहरुले यो र त्यो गतिमा अघि बढ्छ भनेर जर्वजस्त बोल्दै आएका छन्,’ एक लगानीकर्ताले भने, ‘क्लव हाउसमा सीएहरुको जमात र स्वघोषित विज्ञहरुले जुन कुरा बोलेका छन् बजार ठिक त्यसको विपरित अघि बढिरहेको छ ।’

साताको अन्तिम दिन नेप्से परिसुचक ५० अंकले घट्दा कारोबार रकममा पनि गिरावट आएको छ । दैनिक २० अर्ब रुपैयाँभन्दा माथि कारोबार हुन थालेको नेपाली सेयर बजारमा पछिल्लो समय क्रमस कारोबार रकममा गिरावट आउँदै बिहीबार ९ अर्ब ५० करोडमा खुम्चिएको छ । दिनभर बजारमा २३० कम्पनीको १ करोड ८१ लाख कित्ता सेयर कारोबार भएको छ ।

बिहीबार उच्च अंकले घटेको बजारमा सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमा बीमा, जलविद्युत, फाइनान्स र विकास बैंक समुहको परिसुचक सबैभन्दा बढि घट्न पुगेको छ । यसैगरी बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक १६.४३ अंकले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL