Logo

बाह्रौ औद्योगिक प्रदर्शनीको तयारी पुरा, स्वदेशी सुट र बुट पाइने

बाह्रौ औद्योगिक प्रदर्शनीको तयारी पुरा, स्वदेशी सुट र बुट पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ‘आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको १२ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पुरा भएको छ । यही पुस ९ गतेदेखि १५ गतेसम्म हुने उक्त मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक फुटवेय म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल (एफम्यान)ले जानकारी दिएको छ ।

मेलामा स्वदेमै उत्पादित जुत्ता, चप्पल तथा सुट पाइने मेला संयोजक तथा एफम्यानका महासचिव मनोजकुमार श्रेष्ठले जानकारी दिए । मेलामा १ सय ५ स्टल रहने छन् । जसमा २० वटा स्टलमा नेपाल सुट तथा नेपाल दौरा सुरुवाल पाइने छ भने अन्य स्टलमा जुत्ता तथा चप्पल रहने छन् । मेलामा विभिन्न ४० वटा कम्पनीको सहभागिता रहने आयोजकले बताएको छ ।

मेलामा व्यापार भन्दा पनि प्रवद्र्धनात्मक उद्देश्य अनुरुप गरिएको एफम्यानका अध्यक्ष रविनकुमार श्रेष्ठले बताए । ‘मेलाले नेपालीका लागि आवश्यक जुत्ता तथा चप्पल नेपालमै बन्छ भन्ने सन्देश दिनेछ,’ उनले भने ।

मेलामा स्वदेशी सुट तथा स्वदमै उत्पादित कपडाहरु समेत राखिने छ । स्वदेशी कपडाको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप उक्त मेला आयोजना गरिएको मेला सहआयोजक संस्था नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष सुरज बज्राचार्यले जानकारी दिए । ‘मेलामा नेपालमै उत्पादित अल्लो तथा अन्य कपडाहरु राखिने छ,’ उनले भने, ‘विशेषगरी नेपालमा मात्रै पाइने नेपाली दौरा सुरुवालको प्रद्र्धशनी गरिने छ ।’ मेलामा आफ्नो साइजअनुसार कपडा नापेर तत्कालै सिलाउन पाइने समेत बज्राचार्यले जानकारी दिए ।

मेला अवधिभर विभिन्न खालका छुटको पनि व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । मेलाको मुल्य प्रायोजक किरण म्यानुफ्याक्चरर्स रहेको छ भने स्पोन्सरहरुमा शिखर सुज, बेस फुटवेयर, रोयल सुज, पियु टेक रहेको छ । यसैगरी, सहप्रायोजकमा कोसेली सुज र सरभी पोलिमर्श रहेको छ । सिलाइबुनाइ तर्फ भने जेबी टेलर्स प्रायोजक र श्रीनाथ कलेक्सन सहप्रायोजक रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL