काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले कांग्रेस सांसद तथा निजी विद्यालयका संचालक श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन् ।
