Logo

डब्लुएचओले भन्यो : पहिलाे डोज काेभिसिल्ड लगाएकाले दाेस्राे पटक भेरोसेल लगाउदा अझै प्रभावकारी

डब्लुएचओले भन्यो : पहिलाे डोज काेभिसिल्ड लगाएकाले दाेस्राे पटक भेरोसेल लगाउदा अझै प्रभावकारी



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालै गरेको एक अध्ययनअनुसार कोभिड विरुद्धका दुई डोज खोप फरक–फरक लगाउँदा झन् प्रभावकारी देखिएको छ । पहिलो डोज कोभिसिल्ड लगाएपनि दोस्रो डोज भेरोसेल लगाउँदा मानव स्वास्थ्यमा सकारात्मक असर देखिएको डब्लुएचओले जानकारी दिएको छ । डब्लुएचओका अनुसार दुई खाले भ्याक्सिनबाट कोरोनाविरुद्ध लामो समयसम्म सुरक्षा मिल्ने र इम्युनिटी पनि वृद्धि हुने पुष्टि भएको हो ।

laxmi

दुई अलग–अलग कम्पनीको भ्याक्सिन लगाउँदा कोरोनाको नयाँ भेरिएन्टविरुद्ध झनै प्रभावकारी हुने देखिएको डब्ल्युएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामिनाथन बताईन ।

दुई फरक फरक कम्पनीको भ्याक्सिन लगाउँदा यसले भाइरस प्रभावित कोषिकाहरुलाई मारिदिन्छ । विभिन्न देशमा भ्याक्सिनेसन अभियान तीव्र पार्नका लागि फरक–फरक कम्पनीका भ्याक्सिनको परीक्षण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL