Logo

अब काठमाडौंमा २ देखि १२ दिनमा बिराएर पानी आउने, २ महिनापछि दैनिक आउने

अब काठमाडौंमा २ देखि १२ दिनमा बिराएर पानी आउने, २ महिनापछि दैनिक आउने



काठमाडौं । काठमाडौं उपत्यकामा पानीको आपुर्ति कम हुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ । यसअघि मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी आउँदा वितरण भएको तालिका अब २ महिना उक्त पानी नआउने भएपछि तालिका परिवर्तन भएको हो ।

laxmi

केयुकेयलका अनुसार अब काठमाडौं उपत्यकाका विभिन्न स्थानअनुसार पानी २ देखि १२ दिन बिराएर आउनेछ । पानी आपुर्ति नै कम भएपछि उपत्यका अन्य स्रोतको पानीले मात्रै दैनिक वितरण गर्न नपुग्नने अवस्था छ ।

हाल काठमाडौं उपत्यकामा दैनिक ४३ देखि ५० करोड लिटर पानीको आवश्यकता छ । तर, केयुकेएलले अन्य स्रातबाट हाल उपत्यकामा करीब १४ करोड लिटर पानी मात्रै आपुर्ति गराउन सक्ने बताइएको छ ।

यसरी मेलम्ची र काठमाडौंको पानी गरी दैनिक ३० देखि ३१ करोड लिटर पानी आपुर्ति हुँदै आएकामा अब भने जम्मा १४ करोड लिटर पानीले ५० करोड लिटरको आवश्यकतालाई पुर्ति गनृुपर्ने भएपछि वितरणको समयतालिका परिवर्तन गरिएको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले जानकारी दिए ।

उनका अनुसार मेलम्चीको पानी मंगलबारदेखि उपत्यकामा आउन बन्द हुनेछ । जसका कारण ललितपुरको सानेपा, मंगलबजार, कुपण्डोललगायत क्षेत्रमा १२ दिन बिराएर पानी आउने भएको छ । यस्तै बानेश्वर एरिया र अनामनगर एरियामा ७–७ दिन बिराएर पानी आउने भएको केयुकेएलले जानकारी दिएको छ ।

साथै सबैभन्दा बढी पानी भने कीर्तिपुर पानी ट्यांकीबाट वितरण हुने क्षेत्र पाँगा, चिलन्चोलगायत क्षेत्रमा पानी प्रत्येक २ दिनमा वितरण हुनेछ ।

यस्तो छ पानी वितरणको तालिका :

प्रतिक्रिया दिनुहोस्
MBL