Logo

देशभरका सिडीओलाई गृहको निर्देशन : कानुन विपरितका गतिविधिमा सम्झौता नगर्नु, निषेधाज्ञा खुकुलो पार्नु

देशभरका सिडीओलाई गृहको निर्देशन : कानुन विपरितका गतिविधिमा सम्झौता नगर्नु, निषेधाज्ञा खुकुलो पार्नु



काठमाडौं । गृह मन्त्रालयले कानुन विपरितका गतिविधिमा कुनै पनि किसिमको सम्झौता नगर्न देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ । बिहीबार नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हाल्दै ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्रसहित उक्त निर्देशन दिएका हुन् ।

परिपत्रमा अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित बिकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइएको छ ।

निषेधाज्ञालाई समीक्षा गर्दै आर्थिक कारोबार क्रमशः खुलाउदै लैजाने गरी अवधारणा ल्याउन पनि परिपत्रमार्फत निर्देशन दिइएको छ । चुस्त सेवा प्रवाह, सीमा नाकाबाट स्वास्थ्य परीक्षण नगरी विदेशीलाई प्रवेश निषेध, विकास निर्माणका काममा हुने ढिलासुस्ती विरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत् अनुगमनरनियमनलाई पनि कडाइका साथ लागू गर्नसमेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL