Logo

दक्षिण एसियालाई बुद्धिष्ट कल्चर ट्रेल बनाउनु पर्ने राजापाक्षेको धारणा

दक्षिण एसियालाई बुद्धिष्ट कल्चर ट्रेल बनाउनु पर्ने राजापाक्षेको धारणा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० मंसिर, काठमाडौं । श्रीलंकाली राष्ट्रपति महेन्द्रा राजापाक्षेले दक्षिण एशियालाई बुद्धिष्ट कल्चल ट्रेल बनाउनु पर्ने बताएका छन् । सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले दक्षिण एशियाको शान्ति र सम्बृद्धिका लागि बुद्धिष्ट सर्किटको आवश्यकता रहेको औल्याए ।

आगामी दिनमा बुद्धको जन्मस्थलका साथै सिङ्गो दक्षिण एशियामा नै बुद्धिष्ट सस्कृतिको विकास गर्नुपर्ने बताए ।

राजापाक्षेले मंगलबार भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए । उक्त भ्रमणले आफुलाई मनमोहक बनाएको बताए । उनले दक्षिण एशियामा आर्थिक सम्बृद्धि, दिगो विकास र रोजगार सिर्जना गर्न एक जुट भएर अघि बढ्नुपर्ने बताए ।

विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको चुनौतीको सामना गर्न क्षेत्रीय शक्तितहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL