Logo

उद्योगमन्त्री भन्छन्, देश विकासका लागि साना उद्योग आवश्यक, स्वदेशी बस्तु प्रवद्र्धनमा जोड

उद्योगमन्त्री भन्छन्, देश विकासका लागि साना उद्योग आवश्यक, स्वदेशी बस्तु प्रवद्र्धनमा जोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले देशको अर्थतन्त्र विकासका लागि साना तथा घरेलु उद्योगको प्रबद्धन गर्नु पर्ने बताएका छन् । ‘ठूला उद्योग मात्र खोलेर देश विकास सम्भव छैन,’ बिहिबार घरेलु तथा साना उद्योग महासंघको ज्ञापनपत्र बुझदै मन्त्री पाण्डेले भने ‘मुलुकको बिकासको लागि साना उद्योगको प्रबद्धन गर्नु जरुरी छ ।’

आफु साना तथा घरेलु उद्योगको समस्यासँग नजिक रहेको बताउदै उनले स्वदेशी बस्तुको प्रबद्धन गर्न प्रतिबद्ध रहने आश्वासन समेत दिए । ‘हाम्रा ऐन कानुनलाई समय सापेक्ष परिबर्तन गर्न नसक्दा अहिले यो समस्या आएको हो’ उनले भने, ‘साना उद्योग मारमा परेका छन् भन्ने कुरा राज्यले महसुस गरेको छ ।’ भूकम्पको क्षतिसँगै आम जनता तथा उद्योगीले नाकाबन्दीबाट भय र त्रास ब्यहोर्नु परेको भन्दै नाकाबन्दीको समस्या समाधानमा सरकार प्रयत्नशिल भएर लागेको बताए ।

महासंघले तत्काल सहज वातावरण माग राख्दै सरकारलाई ६ बुदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापान पत्रमा कच्चा पदार्थको अभाब हुन नदिन हाल भईरहेको कालोबजारी, समय सापेक्षित ऐन कानुनको तर्जुमा हुनु पर्ने, साना उद्योगलाई पनि सार्बजनिक निजी साझेदारी मोडेलमा सञ्चालनको ब्यवस्था गर्नु पर्ने उल्लेख छ । यसैगरी भूकम्पबाट आंशिक क्षति तथा पुर्ण क्षति भएका उद्योग ब्यवसायलाई बैंकको कर्जामा ५० प्रतिशट छुटको माग गरिएको छ ।

सो अवसरमा महासंघका अध्यक्ष सुरेश प्रधानले साना उद्योगहरु अर्थतन्त्रका मेरुदण्ड भएपनि राज्यले ओझेलमा पारेको गुनासो गरे । राज्यले ठुला र मझौलालाई उद्योगलाई जुन रुपले सम्बोधन गरेको छ त्यस अनुसार साना उद्योगलाई उपेक्षा गरेको उनको आरोप छ । महासंघकी निबर्तमान अध्यक्ष लता प्याकुरेलले महासंघकै पहलमा औद्योगिक नीति आएको बताउदै छिटो भन्दा छिटो औद्योगिक ब्यवसाय ऐन ल्याउन आग्रह गरिन् । औद्योगिक नीति जारी भएको ५ बर्षसम्म पनि औद्योगिक ब्यवसाय ऐन आउन नसकेको बताउँदै साना उद्योगलाई राहात दिन तत्काल नीति ल्याउने पर्ने बताइन । महासंघकी उपाध्यक्ष शोभा गुरुङले धेरै भन्दा धेरै महिलालाई आत्मनिर्भर बनाउनस राज्यले प्रबद्धनात्मक कार्यक्रम ल्याउनु पर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्
MBL