Logo

उद्योगमन्त्री वस्नेत र अष्ट्रेलियन सिनेटर म्यासनबीच भेट, थप सहयोग प्रदान गर्ने प्रतिवद्धता

उद्योगमन्त्री वस्नेत र अष्ट्रेलियन सिनेटर म्यासनबीच भेट, थप सहयोग प्रदान गर्ने प्रतिवद्धता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ मंसिर, काठमाडौं । मन्त्री महेश वस्नेतज्यू र अष्ट्रेलियन सिनेटर ब्रेट म्यासनबीच भेटघाट भएको छ । अठारौं सार्क शिखर सम्मेलनको पर्यवेक्षणमा म्यासनले अष्ट्रेलियाको सहयोगमा संचालित ग्रामिण लघु उद्यम कार्यक्रमको जानकारी तथा प्रभावकारीताको विशेष चासो राखेका थिए । साथै, उक्त सहयोगलाई निरन्तरता दिँदै अगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

भेटमा उद्योग मन्त्री महेश वस्नेतले अष्ट्रेलिया सरकारको सहयोगमा सन्चालीत ग्रामिण लघु उद्योग कार्यक्रमले दलित, महिला, जनजातीहरुको वृत्ति विकास र जिवन स्तर उकास्न सहयोग पुगेको बताए । आगामी दिनमा पनि यस्ता क्षेत्रमा सहयोग गर्न बस्नेतले आग्रह गरेका थिए ।

मन्त्री वस्नेतले अन्तराष्ट्रिय राजनीतिको संक्रिर्णताबाट माथि उठेर फराकिलो दृष्टिकोणले हेर्नुपर्ने र यहि ढंगले सार्कलाई पनि विस्तार गर्नु पर्ने बताए । त्यसैगरी आतङकवादलाई निराकरण गर्न सामुहिक पहल कदमी लिनु पर्ने समते स्पष्ट पारे । यसैगरी अष्ट्रेलिया र नेपालको सम्बन्ध सहकार्यलाई अभैm मजवुद्ध वनाउनु पर्ने मन्त्री वस्नेतको जोड थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL