Logo

६ अंकले बढ्यो नेप्से, २६ करोडको कारोवार

६ अंकले बढ्यो नेप्से, २६ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१७ साउन,काठमाडौं । साताको पहिलो दिन आइतवार ६ दशमलव १६ अंकले बढेको छ । विद्युतीय प्रवाहमा समस्या आएपछी बजार ३ घण्टा ढिलो खुलेको बजार  १ हजार ३४ दशमलव १४ अंकमा पुगेर  बन्द भएको छ ।

सो दिन कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । आइतवार होटल समुहको परिसुचक सबैभन्दा बढी ३८ दशमलव २५ अंकले बढेको छ ।

त्यस्तै बैंकिङ समुहको १३ दशमलव ४६, बीमा समुहको ८ दशमलव ४७, ट्रेडिङ ६ दशमलव ६५ र फाइनान्स समुहको परिसुचक ० दशमलव ६ अंकले उकालो लागेको छ ।

यता विकास बैंक, जलविद्युत तथा अन्य समुहको परिसुचक भने क्रमशः १ दशमलव ३७, १९ दशमलव ०९ र १४ दशमलव १ अंकले घटेको छ । १ सय १८ कम्पनीको ५ लाख ४६ हजार ५ साय ७८ कित्ता सेयरबाट २६ करोड ३७ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL