Logo

नेप्सेमा साढे ७ अंक सुधार, ३८ करोडको व्यापार, बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता

नेप्सेमा साढे ७ अंक सुधार, ३८ करोडको व्यापार, बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ असार, काठमाडौं । नेप्से परिसूचक ७ दशमलव ६२ अंक बढेको छ । राजनीतिक दलहरु संविधान जारी गर्न उद्धत रहेको र यसले आर्थिक गतिविधीलाई सुधार गर्ने अपेक्षामा लगानीकर्ताको मनोबल बढेको सेयर दलालहरुले जनाएका छन् ।

त विहीवारको दाता सम्मेलनमा आयोजक सरकारले अपेक्षा गरेभन्दा बढी रकमको प्रतिबद्धता आएकाले आगामी दिनमा पुनर्निर्माण कार्य सहज हुने र यसले रोजगारी सृजना, सेवा तथा उत्पादन क्षेत्रको विस्तार र आर्थिक गतिवित्रीहरुलाई तीव्रता दिने आशा लगानीकर्ताले गरेका छन् ।

छिट्टै संविधान बन्ने संभावना बलियो हुनु र राज्यलाई पर्याप्त वित्तीय स्रोत जुट्नुले लगानीको वातावरण सुधार गर्न र पुनर्निर्माण गर्न सजिलो हुने देखिन्छ,’ सेयर बजारमा लगानी गर्दै आएका विवश राना भन्छन्, ‘यसले आर्थिक गतिविधिलाई सुधार गर्ने र बीमा,

बैंकीङ जस्ता व्यवसाय अझ विस्तार हुने अपेक्षा हामी लगानीकर्ताले गरेका छौं ।’nepse table copy

 

आजमात्रै ७ दशमलव ६२ अंक बढेपछि नेप्से परिसूचक ९ सय ३८ अंकमा पुगेको छ । नेप्सेमा करीब ३८ करोड ९२ लाखको सेयर कारोबार हुनुले पनि लगानीकर्ता उत्साही भएको देखिन्छ ।

आइतवार बीमा कम्पनीहरुको सेयरमा लगानीकर्ता धेरै आकर्षित भएको देखिएको छ। टेलिकमको सेयरले पनि धेरै लगानीकर्तालाई तानेको छ । आइतवार नेपाल लाइफ इन्सुरेन्सको मात्रै ३ करोड ८८ लाखभन्दा धेरै मूल्यको सेयर व्यापार भयो । चिलिमे हाइड्रोपावर, नेपाल इन्भेष्टमेण्ट र एनससिसी बैङ्कको सेयर पनि ३ करोडभन्दा बढीको कारोबार भएको छ ।

आइतवार एभरेष्ट इन्सुरेन्सको सेयरमा लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् भने इण्टरनेशनल लिजिङ एण्ड फाइनान्सको सेयरमा लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL