Logo

सेयर बजारमा हेरफेर रोक्न सेबीले थाल्यो एआईको प्रयोग, चलखेल गर्नेहरु तुरुन्तै कारवाहीमा पर्ने

सेयर बजारमा हेरफेर रोक्न सेबीले थाल्यो एआईको प्रयोग, चलखेल गर्नेहरु तुरुन्तै कारवाहीमा पर्ने



काठमाडौं । भारतीय सेयर बजार नियामक सेक्युरिटीज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया सेबीले सेयर बजारमा आर्टिफिसियल इन्टिलेजिनस (एआई) को प्रयोग शुरु गरेको छ । सेबीका अनुसार एआईको प्रयोगले बनजारमा हेरफेर गर्नेहरूलाई तुरुन्तै कारवाही गर्न सघाउ पुग्नेछ । सेबीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न थालेको सेबी सदस्य कमलेश चन्द्र वार्शनेले जानकारी दिएका छन् ।

laxmi

बजार नियामकले अनुसन्धानका लागि एआई प्रयोग गरिरहेको उनले बताए । धितोपत्र बजारमा भएको अनियमिततालाई नियन्त्रणमा लिएर सेबीले हेरफेर गर्ने निकायलाई कारबाही गरिरहेको छ । लगानीकर्ताको विश्वासको महत्लाई जोड दिँदै वार्शनेले भने ‘यदि लगानीकर्तामा विश्वास छैन भने सबै असफल हुन्छ ।’ उनले केही दलाल धाँधलीमा संलग्न रहेको र प्रणालीमा खराब तत्व आउन सक्ने भएकाले सेबलिे नियाल्नुपर्ने बताए ।

एसोसिएसन अफ नेशनल एक्सचेन्ज मेम्बर्स अफ इन्डिया (एएनएमआई) को १३औँ अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले सेबी सदस्यले संस्थाहरूले दक्षता र व्यापारमा सुधार गर्न प्राविधिक विकासमा ध्यान दिनुपर्ने बताए । चन्द्र वार्शनेले प्राविधिक विकासमा संस्थाले ध्यान दिनुपर्ने बताए । एआईको प्रयोगबारे सोधिएको प्रश्नको जवाफमा उनले अब सेबीमा अनुसन्धानका लागि एआई प्रयोग भइरहेको र अन्य धेरै कुरामा पनि यसको प्रयोग भइरहेको बताए ।

चन्द्र वार्शनले सेबीले सेयर बजारको पारदर्शिताका लागि नियमहरुको हेरफेर रोक्न धेरै महत्वपूर्ण भएको बताए । ‘सेयर बजारमा कानूनको पालना गरेमात्र फाइदा हुन्छ । यसको उल्लंघनले समस्या निम्त्याउँछ,’ उनले भने । प्रविधिमा भइरहेको परिवर्तनलाई विभिन्न संस्थाले नियाल्नुपर्ने बताउँदै उनले अनुसन्धानलाई तीव्रता दिनबाहेक सेबीले अन्य धेरै क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको पनि प्रयोग गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL