Logo

आईपीओ जारी गर्दै नेपाल वेयरहाउजिङ्ग, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त

आईपीओ जारी गर्दै नेपाल वेयरहाउजिङ्ग, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त



काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वुसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि जारी गर्न लागेको छ ।

laxmi

कम्पनीले आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धकका लागि हिमालयन क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्कासन कम्पनी नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकुल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दिर्घकालिन खाद्य सुरक्षामा योगदान हेतु अग्रसर रहेको नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आईरहेका प्रख्यात व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ ।

कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टनका आधुनिक साइलोहरु मार्फत कृषकहरुलाई अन्न भण्डारणको सुबिधा प्रदान गर्नेछ । साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्ग गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL